Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चितवनमा ५० प्रतिशत रोपाइँ

चितवनमा ५० प्रतिशत रोपाइँ

  • 204
    SHARES
  • चितवनमा ५० प्रतिशत रोपाइँ

    चितवन । जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ ।

    केन्द्रका निमित्त कार्यालय प्रमुख मीनबहादुर पुनका अनुसार लामो समय खडेरी परेका कारण धान रोप्न समस्या भएको हो ।

    सिँचाइको व्यवस्था भएका केही स्थानमा रोपाइँ भएपनि पानीको अभावका कारण रोपाइँ हुन नसकेको उनले बताए ।

    उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।’

    अघिल्लो वर्ष यही समयमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएकोमा अहिले ५० प्रतिशत मात्र भएको उनले जानकारी दिए ।

    पर्याप्त वर्षा भई पानीको मूल फुट्न नसक्दा रोपाइँ कम भएको उनको भनाइ छ । जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।

    यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचारजस्ता धान जात रोपिँदै आइएको छ ।

  • सम्बन्धित विषय:

  • # चितवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij