Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मैवाखोलाका बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण

मैवाखोलाका बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण

  • 226
    SHARES
  • मैवाखोलाका बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण

    ताप्लेजुङ । असारको पहिलो सातामा गएको बाढी र पहिरोबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

    नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा संकलित राहत सामग्री शनिबार वितरण भएको हो ।

    प्रभावितप्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन, तेल, चिनी, चिया र साबुन वितरण गरिएको छ ।

    पहिरोबाट प्रभावित बनेका मैवाखोलाको ओदक, ताम्राङ, साँघु र ढुङ्गेसाँघुका स्थानीयवासीलाई उक्त क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरिएको वितरण टोलीमा सहभागी किपा शेर्पाले जानकारी दिए ।

    राहत वितरणका लागि प्रदेशसभा सदस्य हाङ्गामसहित पार्टी सभापति गजेन्द्र तुम्याहाङ, पार्टी सचिव डम्बर हाङ्गामसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो ।

    यता बाढी पहिरोबाट प्रभावित सिदिङ्वा गाउँपालिकास्थित मेहेले र मेरिङ्देनको दोभानका घर परिवारलाई राहत वितरणको तयारी भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij