Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेशको बजेट पारित

  • 206
    SHARES
  • गण्डकी प्रदेशको बजेट पारित

    कास्की । गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ ।

    आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक-२०८० र आर्थिक विधेयक-२०८० लाई पारित गर्नका लागि प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

    आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गर्नुभएको दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको थिए ।

    दुवै प्रस्तावका पक्षमा प्रदेशसभाको बहुमत देखिएकाले सभामुख धितालले बहुमतले विधेयक पारित भएको घोषणा गरेका थिए ।

    प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, देवका पहाडी त्रिपाठीलगायत आठजना प्रदेशसभा सदस्यले राखेको बजेट संशोधनको प्रस्ताव प्रदेशसभाको बहुमतद्वारा अस्वीकृत भएको थियो ।

    बजेट पारित हुनुअघि विनियोजन विधेयक र आर्थिक विधेयकमाथि प्रदेशसभामा दफाबार छलफल भएको थियो । सरकारले आगामी आवका लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको छ ।

    चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ २० अर्ब १९ करोड रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij