वेबटिभी खबर
न्यापिड । म्यान्मारमा स्थानीय विद्रोही समूहसँगको झडपपछि सुरक्षा फौजले मध्य म्यान्मारको एउटा गाउँ जलाउँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दाहरुले बिबिसीलाई दिएको जानकारीअनुसार किन-मा गाउँमा रहेका २४० घरमध्ये २०० घरहरु जलेका छन् ।
सैन्य शासनको विरोध गर्ने स्थानीय मिलिसियासँगको झडपपछि गाउँमा आगलागी भएको थियो । म्यान्मारको सरकारी टेलिभिजनमा गाउँमा आतंकवादीहरुले आगो लगाएको बताएको छ । तर अहिलेसम्म कसले गाउँ जलायाे भनेर पत्ता लागेकाे छैन् ।
८ सय जनसंख्या भएकाे मगावे प्रान्तकाे उक्त गाउँमा मंगलबार नौ बजेर ५० मिनेट जाँदा लागेको आगोको मुस्लो यति ठूलो थियो कि त्यसलाई नासाको उपग्रहले पनि खिचेको छ । आगो लाग्न सुरु भएपछि गाउँलेहरु भागेर जंगलतिर गएको र भाग्न नसक्ने दुई वृद्धहरु जलेर मृत्यु भएको बताइएको छ ।
म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना गिरफ्तार
म्यान्मारमा गाउँले र सुरक्षाकर्मीबीच भएकाे हिंसात्मक झडपमा २० को मृत्यु
म्यान्मारमा सैन्य दमन जारी, पुनः ८० प्रदर्शनकारी मारिए
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij