Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

  • 243
    SHARES
  • गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

    विसं १९८१ असार १८ गते जन्मिएका  कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो ।

    जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

    पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

    मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij