वेबटिभी खबर
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको निष्कर्ष निकालेको छ ।
चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले भारतीय चलचित्रको प्रदर्शनमा अवरोध नगर्न मेयर बालेनको नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालतले ‘आदिपुरुष’मा समावेश भएको आपत्तिजनक शब्दको विषयलाई लिएर उक्त फिल्मका निर्माताबाहेकका अन्य फिल्म निर्माताहरुबाट निर्मित अनुमतिप्राप्त भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने अधिकार मेयरलाई नभएको बताएको छ ।
उच्च अदालत पाटनकाे आदेश :


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij