Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

तीन महिनापछि खुल्याे हरिपुर्वा नगरपालिकामा लगाइएकाे ताला

तीन महिनापछि खुल्याे हरिपुर्वा नगरपालिकामा लगाइएकाे ताला

  • 934
    SHARES
  • तीन महिनापछि खुल्याे हरिपुर्वा नगरपालिकामा लगाइएकाे ताला

    सर्लाही । नौ बुँदे माग राख्दै सर्लाहीको हरिपुर्वा नगरपालिकामा ८८ दिनअघि गरिएको तालाबन्दी आइतबार खुलेको छ । 

    नगरप्रमुखको एक्लौटी विरुद्ध गठन गरिएको संर्घष समितिले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको थियो । दुबै पक्षबीच आइतबार भएको वार्तामा पाँच बुँदे सहमतिपछि ताला खुलेको हो ।

    दुबै पक्षबीच भएको वार्तामा संघर्ष समितिले राखेको नौ बुँदे दुबै पक्षले स्वीकार्ने, नौ बुँदे मागको अध्ययन गर्न कार्यदल बनाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने, कार्यदलबाट प्राप्त प्रतिवेदन दुवैपक्षले स्वीकार गरि कार्यान्वयनमा लैजाने प्रतिवद्धता लगायत छन् । 

    सहमतिपछि सोही क्षेत्रका प्रदेश सांसद जंगीलाल राय, अर्का प्रदेश सांसद कौशल किशोर राय, नगरप्रमुख विनोद कुमार साह तथा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतको उपस्थितिमा संघर्ष समितिको संयोजक बिकाउ रायले ताला खोलेका थिए । संघर्ष समितिले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । तालाबन्दी खुलेसँगै आजबाट कार्यालय सञ्चालन भएको छ । 

    गत चैत १५ गते संघर्ष समितिले तालाबन्दी गरेको थियो । तालाबन्दीपछि हरिपुर्वाकाे विकास निर्माणका सबै काम ठप्प भएका थिए । कर्मचारीको तलब निकासा बाहेकको काम रोकिएको थियो । तालाबन्दीका कारण नगरपालिकामा आएको ससर्त अनुदानको करिब ३४ करोड रकम फिर्ता हुने अवस्थामा पुगेको छ । 

    तालाबन्दीकै कारण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत आउन नमान्ने अवस्था थियो । हाल सरुवा भएर आएका मिश्र पनि हाजिर नगरी फर्कने तयारीमा रहे पनि ताला खुलेपछि उनले हाजिर गरेर कार्यभार सम्हालेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij