वेबटिभी खबर
नयाँ दिल्ली । भारतले कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको मंगलबार औपचारिक पुष्टि गरेको छ । उक्त भेरिएन्ट डेल्टासँग मिल्दोजुल्दो रहेकाले संक्रामक हुन सक्ने मानिएको छ ।
यो भेरिएन्ट AY.१ वा B.१.६१७.२.१ को उत्परिवर्तित स्वरुप भएको बताइएको छ । यसलाई K४१७N नाम दिइएको छ । दक्षिण अफ्रिकामा भेटिएको बिटा भेरिएन्टसँग सम्बन्धित रहेको छ ।
मंगलबार कोरोना भाइरसको खोपसम्बन्धी राष्ट्रिय विज्ञ समूहका प्रमुख विके पलले यो भेरिएन्ट मार्चमा युरोपमा पहिचान भएको बताएका छन् । यस बारेमा अझै अध्ययन गरिरहेकाले अहिले चिन्ता लिइहाल्नुपर्ने अवस्था नभएको पलको भनाई छ ।
Dr. N K Arora, Chairman of India's #COVID19 Working Group of the National Technical Advisory Group on Immunisation (NTAGI) speaks to @DDNewslive on India's COVID-19 Vaccination Drive, stay tuned for LIVE updates (1/n)🧵 pic.twitter.com/CaosjN4Wxe
— PIB in Maharashtra 🇮🇳 (@PIBMumbai) June 15, 2021
सोमबार अंग्रेजी पत्रिका द हिन्दुमा छापिएको एक रिपोर्टमा भारतका पाँच प्रयोगशालाले नयाँ भेरिएन्टको तथ्यांक मे र जुनमा जिआइएसएआइडीलाई दिएको थियो । बेलायतको जनस्वास्थ्य निकायले भारतले पठाएका ६३ नमुनाको जिन सिक्वेन्सिंग गर्दा कर्नाटक, आन्ध्र प्रदेश, महाराष्ट्र, तेलंगानामा AY.१ भेरिएन्ट फेला परेको बताएको छ ।
नयाँ भेरिएन्टको पुष्टिसँगै सोमबारदेखि भारतमा अमेरिकाले विकास गरेको नोभ्याक्स खोप पनि प्रयोग गर्ने भएको छ । नोभ्याक्स अमेरिकी कम्पनी र भारतको सेरम इन्स्टिट्युटको सहकार्यमा नोभ्याक्स कोभ २३७३ खोप निर्माण भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij