Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

म्यान्मारकी नेतृ सुकीविरूद्धका मुद्दामा सुनुवाई सुरु

म्यान्मारकी नेतृ सुकीविरूद्धका मुद्दामा सुनुवाई सुरु

  • 1.1K
    SHARES
  • म्यान्मारकी नेतृ सुकीविरूद्धका मुद्दामा सुनुवाई सुरु

    न्यापिड । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ ।  

    उनीविरुद्ध लगाइएका आरोपहरुमाथि सोमबारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा लिएको म्यान्मारको सेनाले ७५ वर्षिया नेतृ सूकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ । 

    उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्धाहरू लगाएको छ । मंगलबार हुने सुनुवाईका क्रममा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित हुने जनाइएको छ । 

    नेतृ सुकीका एक वकिल खिन मौङ जावले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोपहरु लगाएको टिप्पणी गरे । म्यान्मारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरुद्धमा नयाँ आरोपहरूसहितको मुद्दा दर्ता गरेको थियो ।  

    म्यान्मारमा गत फेुब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो । नेताहरुलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो ।  

    सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु सयौं घाइते भएका छन् । 

    सुरक्षाकर्मीहरुले दर्जनौं आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने कैयौंको खोजी भइरहेको जनाएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा अपेक्षित नतिजा आफ्नो पक्षमा नआएपछि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । त्यही असन्तुष्टिको पृष्ठभूमिका नयाँ संसदको बैठक बस्ने अघिल्लो रात सेनाले सत्ता नियन्त्रणमा लिएको हो । 

    सेनाले गत निर्वाचन धाँधलीपूर्ण भएकाले चाडै नै निष्पक्ष निर्वाचन आफ्नो सरकारले गराउने र सत्ता छोड्ने दाबी गरेको छ । निर्वाचनका लागि भन्दै जुन्ता सरकारले एक वर्षे संकटकाल पनि घोषणा गरेको छ ।

    सेनाको दाबीप्रति भने आम नागरिक र विश्व समूदायले भने आपत्ति जनाउँदै आएका छन् । उनीहरूले तत्काल लोकतान्त्रिक प्रक्रियाबाट आएका नेताहरुलाई नै सत्ता हस्तान्तरण गर्न माग गर्दै आएका छन् । 

    म्यान्मारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारको गम्भीर मुद्दा दर्ता  म्यान्मारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारको गम्भीर मुद्दा दर्ता  म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित आङ सान सुकीको पार्टी खारेज हुन सक्ने सम्भावना आङ सान सुकीको पार्टी खारेज हुन सक्ने सम्भावना म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग आङ सान सुकीले अवैध ढंगले पैसा लिएको सेनाको आरोप  आङ सान सुकीले अवैध ढंगले पैसा लिएको सेनाको आरोप 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij