वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने नेसपाले जनाएको छ ।
२ दिनसम्म चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्नेछ ।
बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ । त्यसमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । बैठकमा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने पाण्डेले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij