Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

  • 815
    SHARES
  • इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

    जेरूसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेको बताइएको छ ।

    इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएका थिए । बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएको र उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ ।

    इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको समाचारमा जनाइएको छ  । त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ । इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

    प्यालेस्टाइनलाई स्वतन्त्रता दिन नहुने कट्टर विचार राख्दै आएका बेनेट प्यालेस्टिनीको बसोबास रहेको अधिनस्थ पश्चिम किनारा र पूर्वी जेरुसेलममा यहूदी बस्ती बिस्तार गर्नुपर्ने धारणा राख्छन् । बेनेटको यस विचारको अन्तर्राष्ट्रिय समुदायले विगतदेखि नै विरोध गर्दै आएका छन् । 

    तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको दबाबमा पूर्वी जेरुसेलम र पश्चिम किनारामा यहूदी बस्ती बिस्तारमा ढिलाई गरेको भन्दै प्रधानमन्त्री नेतान्याहूको कटु आलोचना गरेका थिए । उनी पश्चिम किनारामा यहूदी बस्ती बिस्तार कार्यक्रमका प्रमुख पनि थिए ।  संसदमा सन् २०१३ मा पहिलोपटक चुनिएका थिए । 

    इजरायलमा नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट, नेतान्याहु सत्ताबाट बाहिरिए इजरायलमा नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट, नेतान्याहु सत्ताबाट बाहिरिए इजरायलमा नेतान्याहू शासनको अन्त्य, विपक्षी दलबीच गठबन्धनमा सहमति इजरायलमा नेतान्याहू शासनको अन्त्य, विपक्षी दलबीच गठबन्धनमा सहमति

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij