वेबटिभी खबर
नयाँ दिल्ली । कोरोनाको दोस्रो लहरबाट सर्वाधिक प्रभावित भारतमा अहिले संक्रमण दर निरन्तर घटिरहेको छ । संक्रमण घटेसँगै भारतका विभिन्न सहरमा लगाइएको लकडाउनलाई खुकुलो बनाइएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ८० हजारमा संक्रमण पुष्टि भएकोमा आइतबार त्योभन्दा निकै कममात्र संक्रमित भए ।
जबकी यो अवधिमा निको हुनेको संख्या एक लाख १३ हजार तीनजना छ । संक्रमितभन्दा निको हुने बढेपछि एकैदिन सक्रिय संक्रमितको संख्यामा ४८ हजार ५९३ ले कमी आएको छ ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या घटेर ९ लाख ७२ हजार ५७७ मात्र छ । दोस्रो लहरले भारतमा सक्रिय संक्रतिको संख्या ३७ लाख ४१ हजार ३०२ सम्म पुगेको थियो ।
त्यसैगरी तीन हजार ८८० जनाको संक्रमणका कारण निधन भएको छ । निधन हुनेको संख्या भने भारतमा खासै घटेको छैन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij