Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विपद्का घटना न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय छ : मुख्यमन्त्री पाण्डे

विपद्का घटना न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय छ : मुख्यमन्त्री पाण्डे

  • 199
    SHARES
  • विपद्का घटना न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय छ : मुख्यमन्त्री पाण्डे

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताएका छन ।

    गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर तथा व्यास नगरपालिका-५ स्थित कालीभञ्जन गण (ई) को आयोजनामा आज व्यास नगरपालिका-१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

    मुख्यमन्त्री पाण्डेले नेपाली सेनाको उच्च जनशक्ति, कुशल व्यवस्थापन, पूर्वतयारी, तैनाथी, स्रोत र साधन तत्काल परिचालनले विपद् न्यूनीकरणमा नेपाली सेना सशक्त रहँदै आएको इतिहासले पुष्टि गरेको बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, ‘विसं २०७२ को भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च र प्रशंसनीय रहेको छ । विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव छैन, यसका लागि सामूहिक प्रयास आवश्यक छ ।’

    विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयात्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएकाले यसमा प्राथमिकता दिएर बजेट विनियोजन गरिएको मन्त्री पाण्डेले उल्लेख गरे ।

    नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवम् उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।

    गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरो, आगलागी र हिमपहिरोबाट दुई सय १८जनाको मृत्यु भएकाले यस प्रदेश विपद् जोखिमको सूचीमा परेको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij