Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मंगलबारदेखि हराएका व्यक्ति मृत अवस्थामा फेला

मंगलबारदेखि हराएका व्यक्ति मृत अवस्थामा फेला

  • 280
    SHARES
  • मंगलबारदेखि हराएका व्यक्ति मृत अवस्थामा फेला

    बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ ।

    ढोरपाटन-६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारी खेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन । तारीखेत छोरीको घरमा बस्दै आएका अदै मंगलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

    साँझ नै परिवारले खोजी गरेपनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए ।

    अदैको मृत्यु कसरी भयो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीले बताए । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij