Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना गिरफ्तार

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना गिरफ्तार

  • 541
    SHARES
  • म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना गिरफ्तार

    याङ्गुन  । म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप छ सय ३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने दुई सय ५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र दुई सय ७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

    सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।

    म्यानमारमा गत फेब्रुअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ । म्यानमारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ । 

    सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij