Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पेरूको सुनखानीमा आगलागी हुदाँ २७ जनाको मृत्यु

पेरूको सुनखानीमा आगलागी हुदाँ २७ जनाको मृत्यु

  • 208
    SHARES
  • पेरूको सुनखानीमा आगलागी हुदाँ २७ जनाको मृत्यु

    एजेन्सी । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अवस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुदाँ २७ कामदारको मृत्यु भएको हो ।

    प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा विधुत् सर्ट हुदाँ आगलागी भएको थियो ।

    सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो ।

    वरपर त्रासको बातावरण देखा परेको थियो । प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण संकलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij