Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मिटरब्याजी पीडितका माग जायज छन्, सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष भट्टराई

मिटरब्याजी पीडितका माग जायज छन्, सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष भट्टराई

  • 329
    SHARES
  • मिटरब्याजी पीडितका माग जायज छन्, सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् ।

    सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै डा.भट्टराईले उनीहरूले अघि सारेका मागहरू जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताएका हुन् ।

    बाध्यतामा परी ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए ।

    डा.भट्टराईले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यादेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे ।

    जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने डा.भट्टराईले बताए ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij