Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चितवनका बर्डफ्लू पीडित किसानलाई राहत रकम उपलब्ध

चितवनका बर्डफ्लू पीडित किसानलाई राहत रकम उपलब्ध

  • 236
    SHARES
  • चितवनका बर्डफ्लू पीडित किसानलाई राहत रकम उपलब्ध

    चितवन । चितवन जिल्लाका बर्डफ्लू पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ ।

    संघीय सरकारले बर्डफ्लू पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लूको संक्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो ।

    नष्ट भएका अन्य वस्तुसमेत मूल्यांकन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलब्ध गराएको पशु केन्द्रका प्रमुख केसीले बताए ।

    प्रमुख केसीले भने, ‘बर्डफ्लू पीडित किसानलाई ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ ।’

    प्रमुख केसीले भने, ‘३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।’

    तीन लाख ६९ हजार तीन कुखुरा, सात लाख तीन हजार छ सय २५ अण्डा र ९८ हजार सात सय २८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जानाएको छ । जिल्ला दररेट समितिबाट ४२ करोड ५५ लाख आठ हजार नौ सय ९९ क्षति भएको सिफारिस गरिएको थियो ।

    बर्डफ्लूका कारण जिल्लामा तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको हो । बर्डफ्लूको असर सबैभन्दा धेरै लेयर्स कुखुरामा परेको र  विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ वटा नष्ट गरिएको थियो ।

    यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, बोइलर आठ सय ९६, टर्की पाँच सय वटा नष्ट गरीएको थियो । स्थानीय जातका कुखुरा एक सय ३२, हाँस ३६ र बट्टाई आठ वटा नष्ट गरिएको प्रमुख केसीले जानकारी दिए ।

    सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो ।

    दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २० वटा, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय वटा, डाला छ हजार ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij