वेबटिभी खबर
काठमाडौं । एसीसी प्रिमियर कपमा अन्तर्गत भइरहेको समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले कतारविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लागाउनका साथै समूह विजेता र उपविजेता पनि छिनोफानो गर्नेछ ।
समूह ए को विजेता बन्न नेपालले कतारलाई पराजित गर्नुपर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij