वेबटिभी खबर
सुनसरी । सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरि फरार प्रतिवादीहरू पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरू पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरू रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।
पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९-८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij