Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बाग्लुङ नगरपालिकाले प्रत्येक महिना करदातालाई सम्मान गर्ने

बाग्लुङ नगरपालिकाले प्रत्येक महिना करदातालाई सम्मान गर्ने

  • 225
    SHARES
  • बाग्लुङ नगरपालिकाले प्रत्येक महिना करदातालाई सम्मान गर्ने

    बाग्लुङ । बाग्लुङ नगरपालिकाले राजश्व संकलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोहोत्सान गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

    आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बताए ।

    वैशाखको पहिलो करदाताको रूपमा बाग्लुङ नगरपालिका-३ की बन्दना श्रेष्ठलाई सक्कान गरेको खड्काले बताए । श्रेष्ठलाई नगरपालिकाको लोगोसहितको मायाको चिनो र दोसल्लालेसम्मान गरेएको उनको भनाइ छ ।

    नगर उपप्रमुख खड्का भने, ‘समयै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिल्यो भने हिसाबले यो अभियान थालेका हौँ । कर बढाएर नभइ दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौँ भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतबारदेखि सुरु गरेका छौँ ।’

    नगरपालिकाले चालु आर्थिक वर्षमा नौ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (पाँच करोड) मात्रै कर संकलन गरेको छ ।

    असार मसान्तसम्म राजश्व संकलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले जानकारी दिए ।

    नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बाहल कर, सम्पत्ती कर, निकासी कर तथा सेवामुलक करलगायतको दायारा बढाउँदै आन्तरिक आम्दानीलाई बढाउँदै गरेको छ ।

    आर्थिक संकटका कारण करतादाहरू कर तिर्नका लागि प्रोत्साहित नभएको सन्दर्भमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

  • सम्बन्धित विषय:

  • # करदाता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij