Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा दुई महिनापछि दैनिक संक्रमित एक लाखभन्दा कम, मृत्यु दर पनि घट्दै 

भारतमा दुई महिनापछि दैनिक संक्रमित एक लाखभन्दा कम, मृत्यु दर पनि घट्दै 

  • 709
    SHARES
  • भारतमा दुई महिनापछि दैनिक संक्रमित एक लाखभन्दा कम, मृत्यु दर पनि घट्दै 

    नयाँ दिल्ली । भारतमा ६३ दिनपछि दैनिक कोरोना संक्रमितको संख्या एक लाखभन्दा कम पाइएको छ । केही दिनयता निरन्तर संक्रमित घट्ने क्रम जारी छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ८७ हजार २ सय ९० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन् । यसअघि गत ५ अप्रिलमा दैनिक संक्रमित ९६ हजार ५६३ थिए । 

    यो अवधिमा संक्रमणमुक्त हुनेको संख्या भने एक लाख ८५ हजार ७४७ छ । नयाँ संक्रमित थपिने क्रम घट्दो र निको हुने क्रम बढ्दो भएसँगै भारतमा दोस्रो लहरको प्रभाव कम हुँदै गएको अनुमान गरिएको छ ।

    झण्डै ४० लाख पुगेको सक्रिय संक्रमितको संख्या पनि घटेर अहिले १२ लाख ९७ हजार मात्र छ । 

    त्यसैगरी संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घट्दो क्रममा देखिएको छ । आइतबार दुई हजार ११५ जनाको संक्रमणका कारण निधन भएको छ । मृत्यु हुनेको संख्या पनि पछिल्लो ४६ दिन यताकै कम हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij