वेबटिभी खबर
सर्लाही । गौशाला नगरपालिकामा भलिवल खेलाडीहरूले माटोको टीका लगाएर जुडशितल मनाएका छन् ।
गौशाला १२ स्थित सामुदायिक विकास युवा क्लकका खेलाडीहरूले माटोको टीका लगाएर जुडशितल मनाएका हुन् ।
सामुदायिक विकास युवा क्लबका भलिबल खेलाडीहरूले अभिवाकहरूबाट माटोको टीका लगाउँदै एक–आपसमा नयाँ वर्ष र जुडशितलको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा यस वर्ष क्लबले गर्ने खेलकुद र अन्य कार्यक्रम बारे क्यालेन्डर बनाउने र खेलकुदका लागि खेल मैदान तथा आर्थिक श्रोत जुटाउन सामूहिक रूपमा पहल गर्नुपर्ने सहभागीहरूले सुझाव दिए ।
सामुदायिक विकास युवा क्लब कान्तिबजार भलिवल टिमका क्याप्टेन सुरज महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता जितेन्द्र महतो, गोकुल सिंह, फुलेश्वर महतो क्लबका अध्यक्ष सन्तोष सिह, पुर्व अध्यक्ष रमेश सिह, सचिव महावीर सिंह, स्थानीय शिक्षा प्रेमी प्रमोद सिंह लगायत खेलाडीहरू सहभागी थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij