Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उत्पादन क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

उत्पादन क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

  • 264
    SHARES
  • उत्पादन क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

    काठमाडौंमा मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

    देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका उनले निजी क्षेत्रले उत्पादनमुलुक क्षेत्रमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने प्रतिबद्धता जनाए ।

    यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ । रूस-युक्रेन युद्धलाई इंगित गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij