Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्थानीय तहलाई सिंहदरबार आउनुपर्ने बाध्यताको अन्त्य गर्न सांसद थापाकाे माग

स्थानीय तहलाई सिंहदरबार आउनुपर्ने बाध्यताको अन्त्य गर्न सांसद थापाकाे माग

  • 235
    SHARES
  • स्थानीय तहलाई सिंहदरबार आउनुपर्ने बाध्यताको अन्त्य गर्न सांसद थापाकाे माग

    फाइल तस्बिर

    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरबार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरबार धाउनुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।

    काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए ।

    यसका लागि प्रधानमन्त्री आफैँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ ।

    स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरू तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij