Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाणको आग्रह

नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाणको आग्रह

  • 298
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाणको आग्रह

    जनकपुर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई रूपमा आग्रह गरेका छन् ।

    जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई सार्वजनिक रूपमा आग्रह गरेका हुन् ।

    संघीय संसदका दुवै राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन् ।

    तर अहिले नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् ।

    नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने पक्षमा कांग्रेस रहँदै आएको बेला पूर्वगृहमन्त्री समेत रहेका खाणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij