वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्मदर्ता गर्ने उर्दी राज्यका तर्फबाट भएको भए यो भन्दा लज्जास्पद कुरा अरू केही हुन नसक्ने टिप्पणी गरेका छन् । उनले जन्म दिने आमा भन्दा ठूलो पहिचान र प्रमाण अरू केही नहुने बताए ।
गृह मन्त्रालयले एकल महिलाले जन्माएको र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सबै वडालाई निर्देशन दिएपछि डा.भट्टराईकाे यस्तो अभिव्यक्ति दिएका हुन् ।
एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन।जन्म दिने आमा भन्दा ठूलो पहिचान/प्रमाण अरू केही हुन्छ र?अनि आमाको वा आमाले राखेको थर किन नभन्ने? बरू थर नै किन चाहिन्छ र?
— Baburam Bhattarai (@brb1954) April 7, 2023
‘एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्मदर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुन सक्दैन । जन्म दिने आमा भन्दा ठूलो पहिचा/प्रमाण अरू केही हुन्छ र ? अनि आमाको वा आमाले राखेको थर किन नभन्ने ? बरू थर नै किन चाहिन्छ र ?’ उनले ट्वीटरमा लेखेका छन् ।
उनले आमाको वा आमाले राखेको थर किन नभन्ने ? भन्दै प्रश्न गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij