Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

शिक्षक संघ सर्लाहीमा नयाँ नेतृत्व, अध्यक्षमा प्रवीणकुमार पासवान

शिक्षक संघ सर्लाहीमा नयाँ नेतृत्व, अध्यक्षमा प्रवीणकुमार पासवान

  • 678
    SHARES
  • शिक्षक संघ सर्लाहीमा नयाँ नेतृत्व, अध्यक्षमा प्रवीणकुमार पासवान

    सर्लाही । नेपाल शिक्षक संघ सर्लाहीमा नयाँ नेतृत्व चयन भएकाे छ । बिहीबार सम्पन्न मतगणनाअनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा प्रवीणकुमार पासवान विजयी भएका हुन् ।

    उनले ७८१ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी गणेशप्रसाद उप्रेतीले ५४६ मत प्राप्त गरेका छन् । 

    शिक्षक संघको उपाध्यक्षमा ७१५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु रायले ५९२ मत मात्रै प्राप्त गरे ।

    महिला उपाध्यक्षमा उषा कुमारी ७०४ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी आशा कुमारी घिमिरेले ६१० मत प्राप्त गरेकी छन् । सचिवमा ६८७ मतसहित रामशरण राय विजयी भएका छन् । रायका प्रतिस्पर्धी रमेशकुमार चौधरीले ६२१ मत प्राप्त गरेका छन् ।

    सचिव (अर्थ) मा ६८८ मत ल्याएर नारायण महतो विजयी हुँदा उनका प्रतिस्पर्धी विरन्ची प्रसाद साहले ६२६ मत मात्रै प्राप्त गरेका छन् । सहसचिव खुलामा ७०० मत ल्याई राजु थापाले जित्दा उपेन्द्र रायले ६०५ मत प्राप्त गरेका छन् ।

    महिला सहसचिवमा ६६७ मत ल्याई रिंकुकुमारी पाण्डेय विजयी हुँदा उनकी प्रतिस्पर्धी सुचित्रा चौधरीले ६२६ मत ल्याएकी छन् । सहसचिव (समावेशी) मा ६६४ मत ल्याई गर्भु महतो र ६१० मत ल्याई वीरेन्द्र झा विजयी भएका छन् ।

    खुला सदस्यहरुमा युक्ति राम ६७४, चन्द्रशेखर मिश्र ६६०, रामईश्वर महतो ६२६ र रामेश्वर प्रसाद कुशवाहा ६२९ प्राप्त गरी विजयी भएका छन् । प्रदेश महिला प्रतिनिधिमा ललिताकुमारी शर्मा ६७२ र मनोरमा सिंह ६६१ मत ल्याई विजयी भएकी छन् ।

    प्रदेश प्रतिनिधि खुलामा ६६७ मतसहित रामप्रसाद दाहाल, ६९५ मतसहित नवराज थापा र ६५२ मतसहित मुकेशकुमार ठाकुर विजयी भएका छन् । प्रदेश प्रतिनिधि खुला एक जनामा भने संस्थापन इतर पक्षका सरोजकुमार सिंह ६३९ मतसहित विजयी भएका छन् ।

    संघीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित लक्ष्मी बानियाँ ७४२ र रमाकुमारी भट्टराई ६८९ मतसहित विजयी भएकी छन् भने संघीय महाधिवेशन प्रतिनिधि खुलामा मनोजकुमार शर्माले ६६०, शिवकुमार महतोले ६४३ र माधवप्रसाद दाहालले ६४२ मतसहित चुनाव जितेका छन् ।

    शिक्षक संघ सर्लाहीको नवौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार महावीर जनता बहुमुखी क्याम्पस हरिपुरमा मतदान भएको थियो । मतदानमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकमध्ये १३ सय ७५ जनाले मतदान गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij