Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एचआइभी संक्रमित एक महिलामा कोरोना भाइरस २१६ दिनसम्म ३२ म्युटेशन

एचआइभी संक्रमित एक महिलामा कोरोना भाइरस २१६ दिनसम्म ३२ म्युटेशन

  • 1.3K
    SHARES
  • एचआइभी संक्रमित एक महिलामा कोरोना भाइरस २१६ दिनसम्म ३२ म्युटेशन

    दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले एक एचआइभी संक्रमित महिलामा कोरोना भाइरसको सम्भावित खतरनाक उत्परिवर्तन फेला पारेका छन् । एचआइभी संक्रमित ३६ वर्षीया महिलाको शरीरमा कोरोना भाइरस २१६ दिनसम्म ३२ पटक उत्परिवर्तन भएको भेटिएको छ ।

    मेडिकल जर्नल मेडआरभिक्समा यो रिपोर्ट (पियररिभ्यू नभएको) बिहीबार छापिएको थियो । ती महिलालाई सन् २००६ मा एचआइभी भएपछि कमजोर हुँदै गएकी थिइन् । उनलाई सन् २०२० को सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमण पनि भयो । यसपछि उनको शरीरमा कोरोना भाइरसको १३ पटक म्युटेशन र अरु भाइरस परिवर्तन गर्ने १९ वटा आनुवाशिंक उत्परिवर्तित भाइरस भेटिए । 

    उनको शरीरमा भेटिएका भाइरस भेरिएन्टमा केही चिन्ताजनक पनि थिए, जसमा उत्परिवर्तित E484K थियो । यो बेलायतमा भेटिएको अल्फा भेरिएन्टको एक स्वरुप हो । अर्को दक्षिण अफ्रिकामा भेटिएको बिटा भाइरसको उत्परिवर्तित स्वरुप N510Y छन् । यी दुवै भेरिएन्ट उच्च संक्रामक हुन् ।

    अनुसन्धानकर्ताका अनुसार ती महिलाबाट यी स्वरुपका भाइरस अन्य व्यक्तिमा सरेको छ वा छैन भनेर पुष्टि भएको छैन । नयाँ वेरिएन्टहरू दक्षिण अफ्रिकाको क्वाजुलु नेटल जस्ता क्षेत्रहरूबाट देखा परेका छन्, जहाँ ४ जनामध्ये एक वयस्क व्यक्ति एचआइभी संक्रमित छ । एचआइभी संक्रमित व्यक्ति कोरोना भाइरसको संक्रमण र गम्भीर बिरामी हुन सक्ने प्रमाणहरु कमै भए पनि भाइरसको उत्परिवर्तनका लागि उपयुक्त स्थान बन्ने सक्ने अनुसन्धानले बताएको छ । 

    डारबनको क्वाजुलु नेटल विश्वविद्यालयका आनुवाशिंक विज्ञ एवं यस अनुसन्धानका लेखक टर्बियो ओलिभिराले एलए टाइम्सलाई बताएअनुसार अन्य संक्रमितको तुलनामा प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीहरुमा कोरोना भाइरस लामो समयसम्म रहन सक्छ । अनुसन्धानकर्ताहरुले मृत्युदर घटाउन, कोरोना भाइरसका नयाँ भेरिएन्ट बन्न नदिन र एचआइभी सर्न नदिन जोखिममा रहेका समुदायहरु एचआइभी नभएका, एचआइभी भइसकेका दुवै व्यक्तिमा कोरोना परीक्षण एवं उपचार तीव्र पार्नुपर्ने सुझाव दिएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij