Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

  • 267
    SHARES
  • चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

    काठमाडौं । उच्च अदालत पाटनले आगामी शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद-२’ को रिलिज रोक्न अल्पकालिन आदेश दिएको छ ।

    आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माताले बिना अनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले चलचित्रको तत्काल रिलिज रोक्न रिट हालेका थिए ।

    उनको रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

    पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । पाण्डेले ‘प्रसाद-२’ का निर्माता सुवास थापाले चलचित्रमा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व पनि नदिएको दाबी गरेका छन् ।

    पाण्डेका अनुसार निर्माता थापाले उनको ६२ लाख ५० हजारसहित चलचित्रका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रूपैयाँ अझैसम्म दिएका छैनन् ।

    सोमबार चलचित्र विकास बोर्डमा भएको सरोकारवालाको बैठकमा चलचित्र रिलिजका लागि सहमति दिने निर्णय गरेपनि बैठकमा रहेका पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # अदालत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij