Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणको पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणको पुष्टि

  • 303
    SHARES
  • नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणको पुष्टि

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।

    छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

    यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो । जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

    कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा ९ जनामा नयाँ भेरियन्ट देखापरेको छ ।

    नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी १.१६ सबभन्दा धेरै छ ।

    भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

    साथै मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड-१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij