वेबटिभी खबर
याङ्गुन । म्यान्मारमा सुरक्षा बल र गाउँलेबीच झडप हुँदा २० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडियालाई उधृत गर्दै एयेयारवाडी नदी क्षेत्रमा सुरक्षाफौजले हतियार खोजिरहँदा झडप भएको थियो । गाउँलेहरुसँग गुलेली र तीरजस्ता हतियार मात्र थिए ।
म्यान्मारको सरकारी मिडियाले देशद्रोहका एक आरोपीलाई पक्राउ गर्न सुरक्षाकर्मी हलेस्वा गाउँ पुगेको जनाएको छ । मिडियाका दाबीअनुसार झडपमा तीन आतंकवादी पनि मारिएका छन् भने दुई जनालाई गिरफ्तार गरिएको छ ।
सैनिक सरकारका प्रवक्ताले भने एयेयारवाडी क्षेत्रमा भएको घटनाबारे केही प्रतिक्रिया जनाएका छैनन् । स्वन्त्र स्राेतका आधारमा मृतककाे संख्या पुष्टि गर्न नसकिने राेयटर्सले जनाएकाे छ ।
म्यान्मार फेबु्रअरी यता सेनाले सत्ता नियन्त्रणमा लिएर आङ सान सुकीलाई गिरफ्तार गरेदेखि त्यहाँ सेना र सर्वसाधारणबीच संघर्ष जारी छ । यही बीचमा भएका हिंसात्मक आन्दोलनका कारण अहिलेसम्म सयौं मानिसले ज्यान गुमाइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij