Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भियतनाममा भेटिएको नयाँ भेरिएन्ट होइनः विश्व स्वास्थ्य संगठन 

भियतनाममा भेटिएको नयाँ भेरिएन्ट होइनः विश्व स्वास्थ्य संगठन 

  • 641
    SHARES
  • भियतनाममा भेटिएको नयाँ भेरिएन्ट होइनः विश्व स्वास्थ्य संगठन 

    जेनेभा । भियतनाममा देखिएको कोरोना भाइरसको भेरिएन्ट नयाँ नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । जापानी समाचारपत्र निक्केई एसियासँग दिएको अन्तर्वार्तामा संगठनका प्रतिनिधिले उक्त भेरिएन्ट भियतनामका अधिकारीले भनेको जस्तो बेलायत र भारतमा भेटिएका भेरिएन्टको मिश्रित रुप नभएको बताएका हुन् । 

    संगठनका प्रतिनिधि किडोङ पार्कले भारतमा भेटिएको डेल्टा भेरियन्टको एउटा स्वरुप भएको र यो संक्रामक रहेको बताए । गत शनिबार भियतनामका स्वास्थ्यमन्त्री नुगेन थान लंगले कोरोनाको धेरै खतरनाक नयाँ संस्करण फेला परेको जानकारी दिएका थिए ।

    बेलायत र भारतमा फेला परेको पहिलो भाइरस प्रकारको मिश्रित रूप धेरै घातक भएको बताइएको थियो । नयाँ भेरिएन्ट भेटिएको आशंकापछि भियनामले हो ची मिन्ह सहरका सबै बासिन्दालाई कोरोना परीक्षण गर्ने भएको छ ।

    भियतनाममा नयाँ भेरिएन्ट भेटिएको हो ची मिन्ह सहरका सबै बासिन्दाको परीक्षण गर्ने  भियतनाममा नयाँ भेरिएन्ट भेटिएको हो ची मिन्ह सहरका सबै बासिन्दाको परीक्षण गर्ने  भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ भेरिएन्ट भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ भेरिएन्ट

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij