Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री : विमलेन्द्र निधि

प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री : विमलेन्द्र निधि

  • 422
    SHARES
  • प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री : विमलेन्द्र निधि

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

    नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका हुन् ।

    दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए । उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij