Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अभिनेता टाइगर श्रफविरुद्ध अभियोग पत्र दर्ता 

अभिनेता टाइगर श्रफविरुद्ध अभियोग पत्र दर्ता 

  • 1.6K
    SHARES
  • अभिनेता टाइगर श्रफविरुद्ध अभियोग पत्र दर्ता 

    काठमाडौं । भारतीय अभिनेता टाइगर श्रफ र दिशा पटानीविरुद्ध मुम्बई पुलिसले एफआरआइ दर्ता गरेको छ । बुधबार दुबै जनालाई दिउँसो २ बजे मुम्बईको बैन्डस्टैन्डस्थित कारमा घुमिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

    उनीहरुले बाहिर निस्कनुको खास कारणबारे स्पष्ट पार्न नसकेपछि पुलिसले कागजपत्र हेरेर छोडेको थियो । त्यसपछि पुलिसले आवश्यक जाँच पश्चात उनीहरुविरुद्ध अभियुग पत्र दर्ता गरेको हो । 

    मुम्बईले पुलिसले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार दुबैविरुद्ध धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको हो । अहिले कसैलाई पनि गिरप्तार गरिएको छैन । किनभने यो जमानत अपराध हो । 

    महाराष्ट्रमा १५ जुनसम्म कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको छ । लकडाउनको समयमा बिहान ७ देखि २ बजेसम्म बाहिर निस्कन छुट दिइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij