वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति चयनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा पुगेर अध्यक्ष ओलीले मतदान गरेका हुन् ।
बिहान १० बजेदेखि मतदान प्रक्रिया चलिरहेको छ । विभिन्न दलका शीर्ष नेताले मतदान गरिसकेपछि ओलीले मतदान गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहित अन्य दलका शीर्ष नेताले मतदान गरेको केही समयपछि ओलीले मतदान गरेका हुन् ।
आठ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij