वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ८ सय ५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै १ सय १ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ८ सय र ६२ होम आइसोलेसनमा ९५ हजार १ सय ३१ जना रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij