Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज

  • 328
    SHARES
  • ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

    कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ । प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

    यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij