वेबटिभी खबर
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा भाग लिन यूएई गएको नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार(आज) स्वदेश फर्किँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने छ ।
यूएईमा नेपालले खेलका चारमध्ये तीन खेलमा जित र एकमा हारको नतिजा निकालेको छ ।
नेपालले ओडिआई मान्यता कायमै राख्न बाँकी चार मध्ये अब २ खेल जित्नपर्ने अवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij