वेबटिभी खबर
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
लघुवित्तले २०७८/७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानी कर्तालाई उक्त लाभांश वितरण गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij