Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ बढी मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ बढी मत

  • 521
    SHARES
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ बढी मत

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। 

    आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए । मतदानमा ५२ जना सांसद सहभागी भएका थिए। त्यसमध्ये शाहले ४१ मत पाए । उनको विपक्षमा ११ मत पर्‍यो। 

    ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपा र स्वतन्त्र १/१ सांसद छन्। शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन् । 

    प्रदेश सभामा एमालेका १० सांसद छन् । शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij