Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन : अध्यक्ष डा.भट्टराई

माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन : अध्यक्ष डा.भट्टराई

  • 370
    SHARES
  • माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन : अध्यक्ष डा.भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

    विचार मिल्नेहरूको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।

    शहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले शहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा काठमाडौंमा डा.भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए ।

    उनले भने,‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।’

    भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै डा.भट्टराईले भने,‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु । हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’

    ‘मिल्नसक्नेहरू एकै ठाउँमा आउँ, उटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धन/मोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं,’ डा.भट्टराईले थप भने ।

    बाबुरामको प्रश्न– जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भयो, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निउ खोजेको होइन ? बाबुरामको प्रश्न– जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भयो, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निउ खोजेको होइन ?

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij