Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बेपत्ता बालिका मृतअवस्थामा फेला

बेपत्ता बालिका मृतअवस्थामा फेला

  • 325
    SHARES
  • बेपत्ता बालिका मृतअवस्थामा फेला

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा एक महिनादेखि बेपत्ता भएकी बालिका मृतअवस्थामा फेला परेकी छिन ।

    छ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोनिया गत माघ २५ देखि बेपत्ता थिइन ।

    घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

    उपरीक्षक लिम्बूकाअनुसार सुंगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएका थिए । बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ ।

    शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij