Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले गरे प्रशासकीय भवनको शिलान्यास 

चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले गरे प्रशासकीय भवनको शिलान्यास 

  • 335
    SHARES
  • चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले गरे प्रशासकीय भवनको शिलान्यास 

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रशासकीय भवन निर्माण हुने भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधिहरूले संयुक्त रूपमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।

    भवन शिलान्यास चन्द्रनगर गाउँपालिका– ६ नाढीमनमा गरिएको हो । भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले आफूले गरेको प्रतिबद्धता पूरा गरेको बताए ।

    नाढीमन क्षेत्रले सयौं वर्ष भन्दा माथिको इतिहास बोकेको भन्दै महतोले जनप्रतिनिधिको नाताले सम्पूर्ण अतिक्रमित क्षेत्र खाली गराउने बताए । भवन निर्माणमा सहयोग गर्न व्यपारीहरूलाई आग्रह गर्दै उनले उपयोग गरिरहेको टहरा हटाउन अनुरोध समेत गरे ।

    तत्काल गाउँपालिकाले भवन निर्माण कार्य अघि बढाउन १ करोड बजेट विनियोजन गरेको बताउँदै बाँकी बजेट केन्द्रीय सरकार मातहातका कार्यालयबाट ल्याई तीव्र गतिमा गाउँपालिका भवन निर्माण हुने अध्यक्ष महतोले प्रतिबद्धता व्यक्त गरे ।

    ‘स्थानीय विकास पूर्वाधार विभाग, काठमाडौंमा पहल गरी ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको छु । जसमध्ये पूर्वाधार कार्यालयले ६० प्रतिशत बजेट दिने छ भने गाउँपालिकाले ४० प्रतिशत लगानी गर्ने छ । नाढीमन क्षेत्र चन्द्रशमशेर राणाको नामले चिनिने भएको हुदाँ पुरानै मोडेलमा आधुनिक तरिकाबाट गाउँपालिकाको भवन निर्माण हुने छ’, अध्यक्ष महतोले भने, ‘यसैगरी नाढीमन तालको पनि सँगसँगै विकास गरिने छ । नाढीमन तालको संरक्षण तथा मौलिक रूपमा पुःन निर्माण गर्न तयार गरिने भएको हुँदा १० करोडको डिपिआर बनाई राष्ट्रिय योजना आयोगमा समपुरक अनुदानमा पेश गरेको छु र यो योजना पहिलो प्राथमिकतामा राखिएको हुँदा नाढीमन तालको विकास हुने छ ।’

    नाढीमन तालको पुनः निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गाउँपालिका अध्यक्ष महतोले विश्वास गरे । विकास निर्माण कार्यलाई आफूले पहिलो प्राथमिकता दिएको महतोले बताए ।

    प्रशासकीय भवनको अभावमा यसअघि भाडामा कोठाहरू लिएर विभिन्न प्रशासनिक कार्य भइरहेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्ग अब सहज हुने बताए ।

    भवन शिलान्यास कार्यक्रममा उपाध्यक्ष, वडा नं १ देखि ७ सम्मका जनप्रतिनिधिहरू,निवर्तमान जनप्रतिनिधिहरू,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, चन्द्रनगर गाउँपालिकाका कर्मचारीहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij