वेबटिभी खबर
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।
२०८ रनको लक्ष्य पाएको नेपालले नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । सुरुवातदेखि नै खराब ब्याटिङ गरेका नेपाली क्रिकेटर कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शून्यमा आउट भएका हुन् ।
कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । विकेटकिपर आसिफ शेखले १७ रन बनाउन सफल भए । कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामीले ४/४ रन बनाएका थिए भने सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
यूएईका स्पीनरद्धय रोहन मुस्ताफा र कार्थिक मैयाप्पनले तीन/तीन विकेट लिएका छन् भने जुनैद सिद्धिकीले दुई विकेट लिएका थिए । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij