Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जुवातास खेलिरहेका २२ जना पक्राउ

जुवातास खेलिरहेका २२ जना पक्राउ

  • 576
    SHARES
  • जुवातास खेलिरहेका २२ जना पक्राउ

    इलाम । देउमाई नगरपालोका-४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ८०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

    झापाको अर्जुनधारा नगरपालिका-६ युनिक टोल बस्ने जनक पाण्डेको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल बेघासहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

     

  • सम्बन्धित विषय:

  • # जुवातास

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij