वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश नम्बर १ को नाम पहिचानमा आधारित नभएको भन्दै प्रश्न गरेका छन् ।
बुधबार प्रदेश नम्बर १ को नाम ‘कोशी’ दुई तिहाइ मतले पारित भएको छ तर पहिचानमा आधारित नभएको भन्दै विभिन्न टिकाटिप्पणी आइरहेका बेला डा.भट्टराईले भने,‘परापूर्व कालदेखि नै किराँत र लिम्बूवान भनिएका क्षेत्रहरूलाई समेटेर बनाइएको १ नं प्रदेशलाई ऐतिहासिक र आदिवासी जनजातिहरूको पहिचान झल्कने गरी नाम दिन किन आपत्ति भएको होला ?’
‘भारतमा बंगाल, तामिलनाडु अनि अमेरिकामा अलाबामा,अरिजोना आदि २६ जातिका नाममा राख्न हुने नेपालमा नहुने किन रहेछ ?’ भनि बाबुरामले थप प्रश्न गरेका छन् ।
परापूर्व कालदेखि नै किराॅत र लिम्बुवान भनिएका क्षेत्रहरूलाई समेटेर बनाइएको १ नं प्रदेशलाई ऐतिहासिक र आदिवासी जनजातिहरूको पहिचान झल्कने गरी नाम दिन किन आपत्ति भएको होला?भारतमा बंगाल,तामिलनाडु अनि अमेरिकामा अलाबामा,अरिजोना आदि २६जातिका नाममा राख्न हुने नेपालमा नहुने किन रहेछ?Shame!
— Baburam Bhattarai (@brb1954) March 1, 2023
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij