Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कांग्रेसले प्रदेश सांसदहरूलाई १९ फागुनमा अभिमुखीकरण गर्ने

कांग्रेसले प्रदेश सांसदहरूलाई १९ फागुनमा अभिमुखीकरण गर्ने

  • 559
    SHARES
  • कांग्रेसले प्रदेश सांसदहरूलाई १९ फागुनमा अभिमुखीकरण गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्ध तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकण भेलाको तयारी सुरु गरेको छ ।

    आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य सुरु गरेकाे छ । कांग्रेसका सांसदहरूले सो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी कांग्रेस पदाधिकारीले बैठक टुंगाएको छ ।

    सभापति देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसदहरूको अभिकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरूलाई प्रशिक्षण दिइने गरी तयारी सुरु गरेको सह महामन्त्री बद्री पाण्डेले बताए ।

    उनका अनुसार सबै ७ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij