वेबटिभी खबर
काठमाडौं । प्रदेश सभामा नामकरणको प्रस्ताव पेश हुने भएपछि प्रदेश १ संसद परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अहिले एमाले, कांग्रेस, माओवादी, एसको अलगअलग दलको बैठक बसिरहेको छ। कांग्रेस २९ र एमाले ४० मिलेर कोशी नाम पारित गर्ने तयारी छ।
माओवादी, एकीकृत समाजवादी र जसपाले फरक प्रस्ताव गर्ने तर नयाँ नाम नरोक्ने सहमति गरेका छन् । उनीहरूले सगरमाथा किरात नाम प्रस्ताव गर्ने तयारी गरेका छन्।
प्रदेश १ को नाम पहिचानमा आधारित हुने कि नदीनालाको भन्ने विवादले प्रदेशको पहिलो कार्यकालमा नामकरण हुन सकेको थिएन।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij