Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नया घासँ पलाउने र बिषालु जीवनष्ट हुने विस्वासमा स्थानीय लगाए डढेलो

नया घासँ पलाउने र बिषालु जीवनष्ट हुने विस्वासमा स्थानीय लगाए डढेलो

  • 276
    SHARES
  • नया घासँ पलाउने र बिषालु जीवनष्ट हुने विस्वासमा स्थानीय लगाए डढेलो

    महोत्तरी । गर्मियाम बढेसगैँ महोत्तरीका उत्तरी क्षेत्रका जंगलहरुमा स्थानीयहरुले डढेलो लगाउन थालेका छन ।

    नया घासँ पलाउने र बिषालु जीव नष्ट हुने विस्वासमा स्थानियहरुले नै डढेलो लगाउन थालेका हुन ।

    जिल्लाका उत्तरी क्षेत्रमा रहेका घना जंगलहरुमा ३ दिन यता डढेलो लागेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताए । सामुदायिक तथा सरकारी मातहतमा रहेका जंगलहरुमा खुलेआम स्थानियले डढेलो लगाएता पनि सरकारी वन रक्षकहरु भने मुकदर्शक बनेका छन ।

    जंगलभित्रको पारिस्थितिक प्रणालीलाइ नै असन्तुलन हुने गरि लगाइएको डढेलो आफैमा घातक भए तापनी डिभिजन वन कार्यालय तथा सागरनाथ वन परियोजनाहरुको बेवास्ता गरेकाे स्थानिय रामचन्द् साहले जनाए । 

    तर, जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष झाले भने डढेलोको बिषयमा अघिल्लो बर्षभन्दा यो बर्ष निक्कै चनाखो रहेको दावी गरे । ` यसपाली पानी नपरेको हुनाले आगलागी र डढेलोको समस्या त्यतिकै पनी बढन सक्छ,´ उनले भने, `नियतबश कसैले आगो लगाउछ भने त्यो अपराध हो, त्यसतर्फ हामी संवेदनशील छौ ।´ उन्ले यसो भने  दुई दिनभित्र मात्र टुटेस्वर, गौशाला, पाटुलगायतका ठाउँहरुमा आगलागी भएको छ ।

    बर्दिबासमा नै रहेको नेवार डाडा र कामी डाडामा लागेको डढेलो नियन्त्रण ४८ घण्टापछी मात्र भएको थियो । ससस्त्र प्रहरी, सामुदायिक वनका सदस्य र वनका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको अध्यक्ष सुदर्शन काफ्लेले जानकारी दिए ।

    डढेलोको कारण रुख, बिरुवा नष्ट हुँदै जानुले पानीका मुहानहरु सुक्दै गएका छन भने डाले घासँमा समेत समस्या बढदै गएको छ ।

  • सम्बन्धित विषय:

  • # डढेलो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij